काठमाण्डु, २१ जेठ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले एकै कसुरमा पाँचवटा मुद्दा दायर गरेको छ। त्यसको कुल बिगो एक अर्बमाथि रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।