काठमाण्डु महानगरले भत्काएको बाटो डिभिजन सडकले कालोपत्रे गर्न थाल्यो

काठमाण्डु टुडे २०८१ जेठ २१ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– केहि दिन अधि काठमाण्डु महानगरपालिकाले फुटपाथ बनाउने भन्दै भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाण्डुले कालोपत्रे गर्न सुरु गरेको छ ।

भत्काएको सडक सम्याउन महानगरलाई दिएको निर्देशन अटेरी गरेपछि कार्यालय आफैंले कालोपत्रे गर्न सुरु गरेको हो । जवाफमा डिभिजन सडकले महानगरले काटेको पीच आफैं टाल्न भन्दै पत्र पठाएको थियो । काठमाण्डु महानगरपालिकाले न्यूरोडको फुटपाथ क्षेत्र विस्तार गर्ने भन्दै १२ जेठमा इन्द्रचोकदेखि जुद्धशालिकतर्फ जाने विशाल बजार अगाडिको सडकको कालोपत्रे काटेको थियो ।

त्यसक्रममा कार्यालयले महानगरको निर्माण सामग्रीसमेत नियन्त्रणमा लिएको थियो । सोहि दिन दिउँसो काठमाण्डु महानगरपालिकाले सडक विभाग र डिभिजन सडक कार्यालय काठमाण्डु बाहिरको सडकमा धुलो थुपारिदिएपछि महानगर र सडक विभागबीच केही दिन नोंकझोंक नै चल्यो ।

त्यतिबेला उनले चक्रपथको प्रसंग जोडेर भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई प्रश्न उठाएका थिए । पछि १६ जेठमा महानगरलाई पत्र काट्दै सडक डिभिजन कार्यालयले २ दिनभित्र काटेको कालापत्रे फेरि जस्ताको तस्तै गर्न आग्रह गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us