काठमाण्डु, २१ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सचिवालय बैठक बोलाएका छन् ।
आज (सोमबार) दिउँसो साढे १२ बजे बस्नेरी सचिवालय बैठक बोलाएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिएका हुन् ।
सचिवालय बैठकमा महाधिवेशनको तयारी लगायत समसामयिक विषयमा छलफल हुने उनले जानकारी दिएका छन । सचिवालय बैठकले सम्भवतः आजै मधेस प्रदेशका मन्त्रीहरू फिर्ता बोलाउने पनि उनले जानकारी दिएका छन ।
मधेसका मुख्यमन्त्री सरोज यादव अल्पमतमा परेपछि त्यहाँ नयाँ सरकार गठनको तयारी छ । नयाँ सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने सत्तारुढ दलको तयारी छ ।
मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिँदैछन् । त्यसअघि नै एमाले, माओवादी, जसपा, जनमत लगायतका दलले नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
त्यसका लागि एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता हुन एमाले माओवादीले आग्रह गरिरहेका छन् ।