सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

काठमाण्डु टुडे २०८१ जेठ २१ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष ०७९/८० पेश गरेकी हुन् ।

त्यस्तै बैठकमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us