न्युरोडमा सडक विभाग र महानगर प्रहरीबिच विवाद

काठमाण्डु टुडे २०८१ जेठ २१ गते १२:२८ मा प्रकाशित

काठमाण्डु, २१ जेठ– काठमाण्डुको न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाण्डु महानगर प्रहरीबिच विवाद भएको छ ।

काठमाण्डु महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक भत्काएको सडक विभागले पिच गर्न खोजेपछि विवाद सुरु भएको हो ।

सडक विभागले सोमबार बिहान सडक पिच लागेपछि काठमाण्डु महानगरको प्रहरीले अवरोध गरेको छ । विवाद मिलाउन अहिले नगर प्रहरी र सडक विभागका अधिकारीहरूबिच न्युरोडमा छलफल जारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us