काठमाण्डु, २१ जेठ– काठमाण्डु महानगर पालिकाले काठमाण्डुको न्युरोड क्षेत्रमा भत्काएको सडक किनारा सडक विभागले बनाएर कालोपत्रे गर्न थालेको छ ।
महानगरले फुटपाथ फराकिलो बनाउन भन्दै भत्काएको इन्द्रचोकतर्फको सडक विभागले पुरेर कालोपत्रे गरेको हो । महानगरले शनिबार उक्त सडक काटेका थिए ।
बिना अनुमति सडक काटिएको भन्दै सडक डिभिजनले रोक लगाएको थियो भने स्थानीयले पनि विरोध जनाएका थिए । विभागले कालोपत्रे गर्न सुरु गरेपछि काठमाण्डु महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ ।
यही विषयलाई लिएर काठमाण्डु महानगरपालिका मेयर बालेन्द्र शाह बालेनलेले सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् ।