काठमाण्डु, १२ साउन– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीसँग आत्तिएर काँग्रेस सभापति शेरबहादुर देउवा आफूहरुले बोलाएको कार्यक्रममा सहभागी हुन नआएको बताएका छन् । कम्युनिष्ट संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा शनिबार आयोजित कार्यक्रममा देउवालाई पनि निम्ता दिइएको थियो । तर,...
काठमाण्डु, १२ साउन– डा. गोविन्द केसीले निर्मला कुर्मी अपहरण घटनाका आरोपी बादशाह कुर्मीलाई मन्त्री बनाइएकामा आपत्ति जनाएका छन् । कुर्मीलाई मन्त्री बनाएर काँग्रेसले दण्डहीनतालाई प्रश्रय दिएको आरोप केसीले लगाएका छन् । कुर्मीलाई काँग्रेसले लुम्बिनी सरकारको मन्त्री नियुक्त गरेको थियो । शनिबार विज्ञप्ति जारी गर्दै...
काठमाण्डु, १२ साउन–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेले संविधान संशोधनमार्फत नागरिक अधिकार कटौती गर्न खोजे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले हजारौंको बलिदानबाट प्राप्त उपलब्धी खोस्न खोजिए फेरि सडकमा पलेँटी...
काठमाण्डु, १२ साउन– काठमाण्डु उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षति दुवैमा कमी आएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा छ । आर्थिक वर्ष २०७८/७९ मा १० हजार ७ सय ३३ सवारी...
बुटवल, १२ साउन– बुटवलस्थित तिनाउ नदीले बगाएर एक किशोरको मृत्यु भएको छ । बाग्लुङको बरेङ गाउँपालिका ४ का १२ वर्षीय विवश खत्रीलाई नदीले बगाएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ पौडी खेल्न नदीमा गएका बेला बगेका खत्रीको शव मगरघाट नजिकै फेला परेको थियो ।...
धनगढी, १२ साउन– धनगढीस्थित नोभा अस्पतालमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । उपचारका क्रममा कञ्चनपुर बेलौरीका १७ वर्षीय नसिब चौधरीको मृत्यु भएपछि मृतकका आफन्त तोडफोडमा उत्रिएका थिए । मृतक पक्षले चिकित्सकको लापरबाहीले घटना भएको आरोप लगाएको छ । जन्डिस चौधरी ७ साउनमा अस्पताल भर्ना...
काठमाण्डु, १२ साउन– गन्जी लगाएर कार्यकक्षको कुर्सीमा बसेको तस्बिर सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री राजीव गुरूङ (दीपक मनाङे) चर्चामा छन् । सामाजिक सञ्जालमा उनको उक्त अशोभनीय तस्बिर भाइरल भएको छ । उनको दायाँतर्फ निलो हाफ सर्ट, सेटो पाइन्ट र कालो चश्मा लगाएका...
काठमाण्डु, १२ साउन– बागमती प्रदेशका ४ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले शनिबार काँग्रेसका चार मन्त्रीलाई सपथ खुवाएका हुन् । मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले सुरजचन्द्र लामिछानेलाई आन्तरिक मामिला तथा कानून, हरिप्रभा खड्गीलाई सामाजिक विकास, मिनकृष्ण महर्जनलाई युवा...
काठमाण्डु, १२ साउन– पहिरोसँगै बगेर त्रिशूलीमा हराइरहेका दुईवटा बस खोज्न भारतबाट चुम्बक ल्याइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतबाट ४० केजीको ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) ल्याइएको बताए । यसअघि गत ५ साउनमा भारतबाट तीनवटा सोनार क्यामेरासहित नेशनल डिजास्टर रेस्पोन्स फोर्स –एनडिआरएफ)...
काठमाण्डु, ११ साउन– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कांग्रेसलाई खोज्न काठमाण्डु जानुपर्ने स्थिति आएको जानकारी दिएका छन । मुख्यमन्त्री कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले यस्तो बताएका हुन । उनले सत्ता साझेदार काँग्रेसलाई कर्णालीमा भेटाउन गारो भएको भन्दै व्यंग्य गरेका छन । केही...
काठमाण्डु, ११ साउन– नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएपछि प्रदेश सरकारलाई दिएको सर्मथन फेर्ता लिँदै माओवादी बाहिरिएको हो । प्रदेश सरकारमा माओवादी केन्द्रबाट तीन जना मन्त्री र एक राज्यमन्त्री सहभागी रहेका थिए । १७ असारमा...
काठमाण्डु, ११ साउन– गत बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन । आज शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका अस्पताल स्रोतले जानकारी दिएको छ । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् ।...