बुटवल, १२ साउन– बुटवलस्थित तिनाउ नदीले बगाएर एक किशोरको मृत्यु भएको छ ।
बाग्लुङको बरेङ गाउँपालिका ४ का १२ वर्षीय विवश खत्रीलाई नदीले बगाएको प्रहरीले जनाएको छ ।
शुक्रबार साँझ पौडी खेल्न नदीमा गएका बेला बगेका खत्रीको शव मगरघाट नजिकै फेला परेको थियो ।
बाढीले बगाउँदा खत्री सँगै गएका सैनामैना नगरपालिका–८ रुपन्देशीका बिप्रन पाण्डेको अवस्था अज्ञात छ । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।