काठमाण्डु, ११ साउन– गत बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन । आज शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका अस्पताल स्रोतले जानकारी दिएको छ ।
केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूकोले बताएका छन ।
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । जस मध्य चार परिवारले शव बुझेका हुन ।