समाचार

गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ

२०८१ असोज ६ गते १७:४७

काठमाण्डु, ६ असोज– सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका पूर्वडिआइजीसमेत रहेका जोशीलाई प्रहरीले आइतबार अपराह्न पक्राउ गरीएको प्रहरी स्रोतले जानकारी दिएको छ ।...

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन

२०८१ असोज ६ गते १७:२१

काठमाण्डु, ६ असोज– गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन । आज (आइतबार) प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई मन्त्री लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।...

काठमाण्डुको बोहोराटारबाट करिब २ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

२०८१ असोज ६ गते १७:१७

काठमाण्डु, ६ असोज– काठमाण्डु महानगरपालिका–१६ बोहोराटारमा चोरी भएको छ । काठमाण्डुको बोहोराटारमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भएकी २८ वर्षीया दिपिका खत्रीको कोठामा चोरी भएको प्रहरीले जनाएको छ । खत्रीको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब २ लाख ३४ हजार रुपैयाँ बराबरको...

म्यानपावर व्यवसायीका शाखा कार्यालय असोज मसान्तभित्र नवीकरण गर्नुपर्ने

२०८१ असोज ६ गते १७:११

काठमाण्डु, ६ असोज– वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीका शाखा कार्यालय नवीकरण गर्न आग्रह गरेको छ । त्यसका लागि असोज मसान्तभित्र आवश्यक कागजातसहित नवीकरणका लागि निवेदन दिन अनुरोध समेत गरेको छ । वैदेशिक रोजगार ऐन, ०६४ ले वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजतपत्र प्राप्त संस्थाहरूले...

दुर्गा प्रसाईंलाई अदालत लगियो, अवरोध गर्ने कार्यकर्ता पक्राउ

२०८१ असोज ६ गते १७:०६

काठमाण्डु, ६ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरी साइबर ब्युरो लगिए लगतै अदालत लगिएको छ । साइबर ब्युरो पुर्याएको केहीबेरपछि प्रसाईंलाई अदालत लगिएको हो । प्रसाईंलाई अदालत लग्ने क्रममा अवरोध गर्ने उनका एक समर्थकलाई प्रहरीले पक्राउ गरेको छ ।...

एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु: दुर्गा प्रसाईं

२०८१ असोज ६ गते १६:५३

काठमाण्डु, ६ असोज– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने घोषणा गरेका छन । प्रहरीले प्रसाईंलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने घोषणा गरेका हुन । पक्राउ गर्न पुगेका...

सन्दीपविरुद्ध पुनरावेदन दिने महान्यायाधिवक्ता कार्यालयको निर्णय

२०८१ असोज ६ गते १६:४२

काठमाण्डु, ६ असोज–क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार गरेको थियो । त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

२०८१ असोज ६ गते १६:३६

काठमाण्डु, ६ असोज– प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका एक उच्च अधिकृतले जानकारी दिएका छन । २ असोजमा जिल्ला अदालत काठमाण्डुले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी...

बैतडीको शिवलिंग केन्द्रविन्दु भएर भूकम्प

२०८१ असोज ६ गते १५:५०

काठमाण्डु, ६ असोज– बैतडी जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिंग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर जानकारी दिएको छ । यसअघि गत असोज २...

एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म नै प्रमुख अतिथि हुनुपर्ने भयो: पूर्वराष्ट्रपति भण्डारी

२०८१ असोज ६ गते १५:३१

काठमाण्डु, ६ असोज– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ०८४ मा एमालेलाई मुलुकको पहिलो दल बनाएर एमालेबाटै अर्को राष्ट्रपति बनाउनु पर्ने बताएकी छन । मदन भण्डारी फाउण्डेशनले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न आवाश्यक भएको बताएकी छन । उनले मुलुकको...

कोप–२९ लाई उपलब्धिमूलक बनाइन्छः वनमन्त्री शाही

२०८१ असोज ६ गते १५:१७

काठमाण्डु, ६ असोज– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप–२९) मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हासिल गर्नेगरी नेपाल प्रस्तुत हुने बताएका छन । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आइतबार कोप–२९ बारे जानकारी दिँदै उनले यस्तो बताएका...

व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढेका छौँः कार्यवाहक प्रधानमन्त्री सिंह

२०८१ असोज ६ गते १५:०९

काठमाण्डु, ६ असोज– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सरकार व्यवस्थित र स्वच्छ सहर बनाउने दिशामा अघि बढिरहेको बताएका छन । आज आइतबार सिंहदरबारमा नेपाल जग्गा तथा आवास विकास महासङ्घका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा कार्यवाहक प्रधानमन्त्री सिंहले यस्तो बताएका हुन । उनले घरजग्गा व्यवसायमा रहेका समस्याहरू पहिचान...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us