काठमाण्डु, ६ असोज–क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ ।
मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार गरेको थियो ।
त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।
अब क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ। पुनरावेदन निवेदन दर्ता गराएपछि सर्वोच्च अदालतले सन्दीपलाई झिकाउनु भनी म्याद जारी गर्छ ।
र सन्दीप लामिछानेले म्याद बुझेपछि मुद्दाको प्रक्रिया सुरू हुन्छ । उच्च अदालत पाटनले सन्दीपलाई नाबालिका बलात्कार मुद्दाबाट सफाइ दिएको थियो ।