सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृहमन्त्रीको प्रहरीलाई निर्देशन

काठमाण्डु टुडे २०८१ असोज ६ गते १७:२१ मा प्रकाशित

काठमाण्डु, ६ असोज– गृहमन्त्री रमेश लेखकले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन ।

आज (आइतबार) प्रहरी प्रमुख वसन्तबहादुर कुँवरलाई मन्त्री लेखकले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको थियो ।

गृह मन्त्रालयमा कार्यान्वयनका लागि आएको निर्देशन अनरुप गृहमन्त्री लेखकले कार्यान्वयनका लागि निर्देशन दिएको गृहमन्त्रालय निकट उच्च स्रोतले जानकारी दिएको छ ।

यसअघि सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालि मार्फत भएको सहकारी रकम अपचलनमा रवि लामिछानेमाथि कारबाही गरिनुपर्ने पाँच आधार प्रस्तुत गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us