काठमाण्डु, ६ असोज– बैतडी जिल्लाको शिवलिंग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिंग आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौर जानकारी दिएको छ ।
यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ ।