काठमाण्डुको बोहोराटारबाट करिब २ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल चोरी

काठमाण्डु टुडे २०८१ असोज ६ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, ६ असोज– काठमाण्डु महानगरपालिका–१६ बोहोराटारमा चोरी भएको छ ।

काठमाण्डुको बोहोराटारमा डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–२ घर भएकी २८ वर्षीया दिपिका खत्रीको कोठामा चोरी भएको प्रहरीले जनाएको छ ।

खत्रीको कोठाबाट विभिन्न सुनका गरगहना गरी करिब २ लाख ३४ हजार रुपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

चोरीमा संलग्नहरु भने फरार रहेको र घटनाबारे आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us