समाचार

नख्खु खोलाले ४ जनालाई बगायो

२०८१ असोज १२ गते ९:५४

काठमाण्डु, १२ असोज- नख्खु खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । एक बालक, एक महिला र  दुईजना पुरुषलाई शनिबार बिहान ९ बजेतिर नख्खु खोलाले बगाएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता भएकाको खोजी जारी राखेका...

द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आममाफी हुँदैनःओली

२०८१ असोज १२ गते ९:३३

काठमाण्डू, १२ असोज-प्रधानमन्त्री केपी ओलीले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संसदबाट पारित संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने बताए । ओलीले कांग्रेस र एमालेको सहमतिमा आफ्नो...

नागढुंगा नजिकै पहिरोमा पुरिए दुई बस र दुई माइक्रोबस

२०८१ असोज १२ गते ९:२५

काठमाण्डू, १२ असोज-काठमाण्डूको नागढुंगानजिकै झ्याप्लेखोलाका चारवटा गाडी पहिरोले पुरिएका छन् । सडकमा रोकिराखेका ती गाडी पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।  प्रहरी वृत्त थानकोटका अनुसार पुरिन्मा दुई बस र दुई माइक्रोबस थन् । गाडी पुरिंदा घाइते भएका तीन जनालाई उद्धार गरी अस्पताल पठाइएको थानकोट...

बाढीले बगायो ग्यास बुलेट, एमाले मुख्यालय नजिकै लिक भयो ग्यास

२०८१ असोज १२ गते ९:११

काठमाण्डू, १२ असोज- भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले ग्यास बुलेट बगाएको छ । खोलाले बगाएर उक्त बुलेट एमाले मुख्यालय च्यासल नजिकै आइपुगेको छ । ग्यासबुलेट लिक भएको छ ।   ...

एमाले मुख्यालयमा बाढी पस्यो

२०८१ असोज १२ गते ९:००

काठमाण्डु, १२ असोज- ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बाढी पसेको छ । मनोहरा खोलाको बाढी एमाले कार्यालयमा पसेको हो । बाढीका कारण उक्त करिडोरमा यातायात अवरुद्ध भएको छ ।...

नारायणगढ-मुग्लिन सडक दुई फिट भासियो, गाडी गुडाउन रोक

२०८१ असोज १२ गते ८:४९

चितवन,१२ असोज-  भारी वर्षासँगै पहिरो गएर नारायणगढ-मुग्लिन सडक भासिएको छ । उक्त खण्डको ९ किलोमा २ फिट जति सडक भासिएको छ । सडक जमिनबाट २ फिट तल भासिएको छ । सडक थप भासिने क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले तत्काल ठूला सवारी साधन...

पहिरोले घर पुरिंदा दुई महिलाको मृत्यु

२०८१ असोज १२ गते ८:३६

काभ्रे,१२ असोज-  काभ्रेको तेमाल गाउँपालिका-७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।                                          शनिबार बिहान करिब ३ बजेको समयमा स्थानीय भिमबहादुर तामाङको...

काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता

२०८१ असोज १२ गते ८:३१

काठमाण्डू, १२ असोज- काभ्रेको पनौती नगरपालिका-११ थुम्कीमा शनिबार बिहान पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका छन् । स्थानीय अर्जुन भण्डारीको परिवारका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बिहान करिब साढे ३ बजेतिर गएको पहिरोले भण्डारीसहित  तीन जनाको घर बगाए पनि...

नागढुंगामा पहिरो खस्यो, काठमाण्डू भित्रिने र बाहिरिने सवारी ठप्प

२०८१ असोज १२ गते ५:३०

काठमाण्डू, १२ असोज- काठमाण्डू-नौबिसे सडकअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ नागेन्द्र नजिकै पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प  भएको छ । शनिबार बिहान पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले सडक पूर्ण रुपमा अवरुद्ध भएका कारण उपत्यका भित्रिने र बाहिरीने कुनै पनि...

तनहुँको घाँसीकुवामा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

२०८१ असोज १२ गते ५:१९

तनहुँ, १२ असोज- निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । शनिबार बिहान १ः४५ बजे गएको पहिरोका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए । उनका अनुसार शुक्रबार राति ११:४५ बजेदेखि लेदो खसेर पहिराको...

किष्ट अस्पतालमा बाढी पस्यो, बिरामीलाई सुरक्षित स्थानमा सारियो

२०८१ असोज १२ गते ५:१०

काठमाण्डु, १२ असोज- ललितपुरको किस्ट अस्पतालमा बाढी पसेको छ । बाहिरी पर्खाल भत्काएर कर्मनाशा खोलाको बाढी अस्पतालमा पसेको हो  । अस्पताल भवनको तल्लो तलामा पानी पसेपछि त्यँहा रहेका बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ । लगातारको वर्षासँगै उपत्यकाका सबै खोलामा बाढी आएको छ । नदी...

नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छः ओली

२०८१ असोज ११ गते २३:०२

काठमाण्डु, ११ असोज- संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी ओलीले बाढी र पहिरोको जोखिम बढेको भन्दै आपतकालीन उद्धारका लागि तयार रहन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।                      ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us