समाचार

एपीवान टिभीमा जिबी राईको लगानी छैनः अन्नपूर्ण मिडिया

२०८१ असोज ११ गते २१:१५

काठमाण्डू, ११ असोज- अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले गितेन्द्रबाबु (जीबी) राई एपीवान टेलिभिजनको सञ्चालक नरहेको दाबी गरेको छ । स्थापनाकालदेखि नै जिबी एपीवानको सञ्चालक नरहेको बादी उक्त कम्पनीको छ ।  अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रालिका लेखा र व्यापार विभाग प्रमुख केशरीबल्लभ दाहाले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न...

काठमाण्डु उपत्यकामा राति यात्रा नगर्न आग्रह

२०८१ असोज ११ गते २०:५६

काठमाण्डू, ११ असोज- प्रहरीले निरन्तरको वर्षातका कारण नदीहरुमा पानीको सतहले खतराको तह पार गरेकाले काठमाण्डु उपत्यकामा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ ।                           बिहीबार रातिदेखिको भारी वर्षाका कारण काठमाण्डु उपत्यकाका...

मौसममा सुधार नभएसम्म आन्तरिक उडानमा रोक

२०८१ असोज ११ गते २०:४१

काठमाण्डू, ११ असोज- नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण देखाउँदै शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान रद्द गर्ने निर्णय गरेको छ । खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा जहाज अत्याधिक हल्लिने तथा अवतरण गर्न नसकेर डाइभर्ट हुने...

कुलेखानीको ड्याम भरिएर ओभरफ्लो हुने अवस्थामा, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अपिल

२०८१ असोज ११ गते २०:२९

काठमाण्डू, ११ असोज- लगातारको वर्षातका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलासयको बाँधमा पानी भरिएको छ । ताल भरिएपछि जुनसुकै बेला खोल्नुपर्ने भएकाले सतर्कता अपनाउन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ताल भरिएकाले जुनसुकै बेला ड्यामको ढोका खोल्नुपर्ने भन्दै...

बालाजुमा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता

२०८१ असोज ११ गते २०:१४

काठमाण्डू, ११ असोज- बालजुमा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् । उपत्यका प्रहरी कार्यालयका एसएसपी बिनोद घिमिरेका बुधबार दिउँसो बालाजु अन्नपूर्ण चोक नजिकै बा.प्र.– ०२–०८१ नम्बरको मोटरसाइकल चालकसहित नालीमा खसेको थियो । अनुसार मोटरसाइकल नालाबाट बाहिर निकालिए पनि चालक वेपत्ता छन् । नाम...

प्रचण्डद्वारा बाढी प्रभावित क्षेत्री परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन

२०८१ असोज ११ गते १९:०७

काठमाण्डू, ११ असोज- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगातारको भारी बर्षाका कारण प्रभावितको उद्धारमा परिचालित हुन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् । राज्यका सबै निकाय, सबै राजनीतिक दल, सामाजिक संघसंगठन, सञ्चार क्षेत्रलगायत सबैमा जनताको दु:खमा हातेमालो गर्न पनि उनले  कठिन समयमा जनसेवामा जुट्न...

८ महिनाकी गर्भवतीको श्रीमान्द्वारा मट्टितेल खन्याएर आगो लगाएर हत्या

२०८१ असोज ११ गते १८:५६

रौतहट, ११ असोज- रौतहटको इशनाथ नगरपालिका-२ औरैयामा श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय रोशन साह सोनार छन् । रौतहट प्रहरीका एसपी दिलिप घिमिरेका अनुसार उनले २२ वर्षीया श्रीमती पिंकी देवीलाई शरीरमा मट्टितेल आगो लगाएका...

बागमती र विष्णुमतीमा बाढी

२०८१ असोज ११ गते १८:२९

काठमाण्डु, ११ असोज– देशभर भएको अविरल बर्षाको कारण काठमाण्डु उपत्यकाको बागमती लगायतका नदीमा बाढी बाढी खतराको तहमा पुगेको छ । काठमाण्डु उपत्यकाका बागमती, मनोहरा, विष्णुमती लगायतका नदीमा बाढी खतराको तहमा पुगेको जल तथा मौसम विभागले जानकारी दिएको छ । ती नदी तटीय क्षेत्रमा यात्रा...

अमेरिकी राष्ट्रपति बाइडेनले गरे प्रधानमन्त्री ओलीलाई स्वागत

२०८१ असोज ११ गते १८:०९

काठमाण्डु, ११ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति जो वाइडेनले स्वागत गरेका छन । आज शुक्रबार प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा स्वागत गरेका हुन । राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओलीसहित प्रथम महिला राधिका शाक्य पनि सहभागी...

उच्च अदालतका १४ न्यायाधीशको सरुवा

२०८१ असोज ११ गते १७:२६

काठमाण्डु, ११ असोज– आज शुक्रबार बसेको न्यायपरिषदले बैठकले उच्च अदालतका १४ जना न्यायाधीशकोहरुको सरुवा गरेको छ । शुक्रबारको परिषदको बैठकले अरु थप २ जनालाई विभिन्न न्यायाधीकरणको जिम्मेवारी समेत दिएको छ । आजको बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका...

उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्यो, सतर्कता अपनाउन आग्रह

२०८१ असोज ११ गते १७:२०

काठमाण्डु, ११ असोज– आज शुक्रबार भएको अविरल बर्षाको कारण काठमाण्डु उपत्यका भएर बग्ने नदीहरूमा शुक्रबार आएको बाढीले खतरा तह पार गरेको छ । अनुसार उपत्यकाका बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बलम्बु...

अखिल क्रान्तिकारीको केन्द्रीय समिति भंग, सात सदस्यीय अध्यक्षमण्डल गठन

२०८१ असोज ११ गते १७:१३

काठमाण्डु, ११ असोज– नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले अध्यक्ष पञ्चासिंह नेतृत्वको केन्द्रीय समिति भंग गरी अध्यक्ष मण्डल गठन गरीएको छ । शुक्रबारदेखि त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको बन्द सत्रले निवर्तमान समिति भंग गरी सात सदस्यीय अध्यक्षमण्डल गठन गरेको निवर्तमान उपाध्यक्ष पवन कार्कीले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us