उपत्यकाका नदीको बाढीले खतरा तह पार गर्यो, सतर्कता अपनाउन आग्रह

काठमाण्डु टुडे २०८१ असोज ११ गते १७:२० मा प्रकाशित

काठमाण्डु, ११ असोज– आज शुक्रबार भएको अविरल बर्षाको कारण काठमाण्डु उपत्यका भएर बग्ने नदीहरूमा शुक्रबार आएको बाढीले खतरा तह पार गरेको छ ।

अनुसार उपत्यकाका बागमती नदीको खोकना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बलम्बु र विष्णुमती नदीमा आएको बाढीले गोङ्गबु बसपार्कमा खतरा तह पार गरेको विभागले जानकारी दिएको छ ।

विभागले पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह समेत गरेको छ । त्यस्तै काठमाण्डु महानगरपालिकाले पनि शुक्रबार सूचना जारी गर्दै खोला आसपासका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ ।

बिहीबार रातिदेखि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो क्रम आइतबारसम्म रहने मौसमविद्हरूले बताएका छन् । शुक्रबार देशको मध्य र पूर्वी तराईमा अति भारी वर्षा मापन भएको छ । लगातार पानी पर्दा कोशीका झापा, मोरङलगायतका केही स्थान डुबानमा समेत पर्न थालेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us