अमेरिकी राष्ट्रपति बाइडेनले गरे प्रधानमन्त्री ओलीलाई स्वागत

काठमाण्डु टुडे २०८१ असोज ११ गते १८:०९ मा प्रकाशित

काठमाण्डु, ११ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकी राष्ट्रपति जो वाइडेनले स्वागत गरेका छन । आज शुक्रबार प्रधानमन्त्री ओलीलाई राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा स्वागत गरेका हुन ।

राष्ट्रपति बाइडेनद्वारा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री ओलीसहित प्रथम महिला राधिका शाक्य पनि सहभागी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ । ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा अमेरिका भ्रमणमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us