मौसममा सुधार नभएसम्म आन्तरिक उडानमा रोक

काठमाण्डु टुडे २०८१ असोज ११ गते २०:४१ मा प्रकाशित

काठमाण्डू, ११ असोज- नेपाल नागरिक उड्डयन प्राधिकरणले खराब मौसमका कारण देखाउँदै शुक्रबार बेलुकी ७ बजेदेखि शनिबार बिहानसम्मका सबै आन्तरिक उडान रद्द गर्ने निर्णय गरेको छ । खराब मौसमका कारण देशभरका सबै विमानस्थल र हवाई रुटमा जहाज अत्याधिक हल्लिने तथा अवतरण गर्न नसकेर डाइभर्ट हुने क्रम बढेकाले शनिबार बिहानसम्मका लागि सबै उडान स्थगन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए । शनिबार दिउंसो पनि मौसममा सुधार नभए प्राधिकरणले आन्तरिक उडानमा रोक लगाउन सकिने उनले बताए । ‘अहिले चाहिं शनिबार बिहान ७ बजेसम्मका लागि रोक्ने भन्ने भएको छ । शनिबार पनि मौसममा सुधार नभए उडान सुचारु नहुन सक्छ ।’

बिहीबार रातिदेखिको अत्याधिक वर्षाका कारण शुक्रबार दिनभर आन्तरिक उडान प्रभावित भएका थिए । देशभरका आन्तरिक विमानस्थलमा दैनिक ३ सय हाराहारी उडान हुनेमा शुक्रबार ७५ प्रतिशत उडान कटौती भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us