समाचार

झापामा अत्यधिक वर्षा

२०८१ असोज ११ गते १४:२४

काठमाण्डु, ११ असोज– झापामा अत्यधिक वर्षा भएपछि जिल्ला प्रशासन कार्यलय झापा अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता अपनाइएको हो । प्रहरी प्रशासन अलर्टमा रहेको झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिएका छन...

पूर्व राजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाँदै

२०८१ असोज ११ गते १४:१४

काठमाण्डु, ११ असोज– पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान भ्रमणमा जाँदै छन । शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने संवाद सचिव डा। फणीराज पाठकले जानकारी दिएका छन । शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम पनि रहेको छ । दसैँ...

चीनको ग्वाङझाउबाट काठमाण्डु आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’

२०८१ असोज ११ गते १३:५९

काठमाण्डु, ११ असोज– चीनको ग्वाङझाउबाट काठमाण्डु आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’ गरीएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुकूल नहुँदा चाइना साउदर्न एयरलाइन्सको विमान सर्लाहीको नजिकै पर्ने भारतीय क्षेत्रमा ‘होल्ड’ गरीएको विमानस्थल स्रोतले जानकारी दिएको छ । अर्कोतिर बैंककबाट...

नेपालको अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान: कार्यवाहक प्रधानमन्त्री सिंह

२०८१ असोज ११ गते १३:४९

काठमाण्डु, ११ असोज– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण पुर्याएको बताएका छन । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले शुक्रबार ४५औं विश्व पर्यटन दिवसको अवसरमाम आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन । उनले पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा...

प्रेमिका खर्चालु हुँदा कानुनका विद्यार्थी बने चोर

२०८१ असोज ११ गते १३:१९

काठमाण्डु, ११ असोज– प्रहरीले कानुन विषयमा उच्च शिक्षा हासिल गरिरहेका एक युवक चोरीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । भारतको उत्तर प्रदेश राज्यको राजधानी लखनउमा शृङ्खलाबद्ध चोरीमा संलग्न युवकलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । अब्दुल अलीम नाम गरेका ती युवक...

बलात्कार आरोपमा युवक पक्राउ

२०८१ असोज ११ गते १३:१०

काठमाण्डु, ११ असोज– प्रहरीले दाङबाट बलात्कारमा संलग्न आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–२ बेला बस्ने २७ वर्षीय रामप्रताप यादव रहेको प्रहरीले जानकारी दिएको छ । आरोपीले २२ वर्षीया महिलालाई लमही नगरपालिका वडा नम्बर–७ स्थित करी सामुदायिक वनमा बलात्कार गरेको...

झरीका कारण काठमाण्डुको जनजीवन प्रभावित

२०८१ असोज ११ गते १३:०४

काठमाण्डु, ११ असोज– आज शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी...

नजिकिएका चाडपर्वबारे सरकारलाई एमालेले ध्यानाकर्षण गराउने

२०८१ असोज ११ गते १२:५१

काठमाण्डु, ११ असोज–एमालेको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउने तयारी गरेको छ । एमालेले आज शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउने...

न्याय परिषद्को बैठक चलिरहँदा बारले दियो बाहिर धर्ना

२०८१ असोज ११ गते १२:४२

काठमाण्डु, ११ असोज– न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बैठक बोलाएर बैठक सुरु गरेपछि नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ। बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा छलफल थालेपछि बारले विरोध स्वरूप परिषद् घेराउ गरेको छ । बारका अध्यक्ष...

रास्वपाले केन्द्रीय समिति बैठक बोलायो

२०८१ असोज ११ गते १२:३३

काठमाण्डु, ११ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार विहान ११ः३० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले दिएका छन । पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकका छलफलका लागि ६ एजेण्डा रहेको उनले...

अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

२०८१ असोज ११ गते १२:२६

काठमाण्डु, ११ असोज– संयुक्त राष्ट्रसंघको ७९ औं महासभा भाग लिन अमेरिका पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ । बाइडेनले महासभामा भाग लिन आएका पाहुनाहरुका लागि आयोजना गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले वाइडेनसँग भेटवार्ता गरेका हुन...

आज र भोलि सातै प्रदेशमा भारी वर्षा

२०८१ असोज ११ गते ७:११

काठमाण्डु, ११ असोज-  मनसुनी वायुको प्रभावका कारण देशभर वर्षात भइरहेको छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको यमेत प्रभावका तारण वर्षात भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि सातवटै प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us