समाचार

ओलीद्वारा राष्ट्रसंघ महासभामा सम्बोधनः इजरायल–प्यालेस्टाइन युद्ध वार्ताद्वारा समाधान गर्न सुझाव

२०८१ असोज ११ गते ६:५५

काठमाण्डु, १० असोज- प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गरेका छन् । अमेरिकाको न्यूयोर्कमा जारी महासभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको बताए...

ओलीद्वारा पाकिस्तान, लाओस र कतारका प्रधानमन्त्रीसंग भेट

२०८१ असोज १० गते २३:२९

न्यूयोर्क, १० असोज- संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका दौरान अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली राजनीतिक भेटघाटमा व्यस्त छन् ।                                                   ...

‘दबाङ’ महिला इन्स्पेक्टरमाथि हनी ट्रयाप मुद्धामा ३० लाख मागेको आरोप

२०८१ असोज १० गते २१:३०

ललितपुर, १० असोज– नेपाल प्रहरीले मुद्धा मलाइदिने भन्दै ३० लाख रुपैयाँ लिएको आरोपमा एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) माथि विभागीय कारबाही अघि बढाएको छ । भैंसेपाटी प्रहरी प्रभागकी इन्चार्ज इन्स्पेक्टर बिनुकुमारी शाहीमाथि अनुसन्धान भइरहेको हो । शाहीलाई ललितपुर परिसरले जिम्मेवारीबाट हटाएर निलम्बनमा राखिएको छ ।...

१ सय ५९ अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि (सूचीसहित)

२०८१ असोज १० गते २१:०४

काठमाण्डु, १० असोज– १ सय ५९ जना अधिवक्ता एकैपटक वरिष्ठ अधिवक्ता बनेका छन् । सर्वोच्च अदालतले उनीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण बैठकले बिहीबार सो निाणर््य गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए । वरिष्ठ अधिवक्ताको उपाधि...

चीनबाट फाइदा लिन चाहन्छौंः सरकारका प्रवक्ता

२०८१ असोज १० गते २०:५३

काठमाण्डु, १० असोज– सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, आर्थिक र सामाजिक सम्बन्ध रहँदै आएको बताएका छन् । साउथ एसिया नेटवर्क टेलिभिजनद्वारा बिहीबार राजधानीमा आयोजित तेस्रो चीन–नेपाल मिडिया शिखर सम्मेलनमा उनले नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध...

अग्नि सापकोटाविरुद्धको मुद्धामा अदालत ‘निर्मम’ हुने संकेत

२०८१ असोज १० गते १९:५०

काठमाण्डु, १० असोज– सर्वोच्च अदालतले काभ्रेपलाञ्चोकका अर्जुन लामाको हत्या घटनामा परेको जाहेरी र हालसम्म भएको अनुसन्धानको सक्कल फाइल पेस गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेलाई आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको इजलासले...

अपवित्र गठबन्धन चाँडै कुहिएर झर्छः प्रचण्ड

२०८१ असोज १० गते १९:४५

काठमाण्डु, १० असोज– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन् । पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उदघाटन गर्दै बिहीबार उनले सत्तारुढ गठबन्धन धेरै नटिक्ने बताएका हुन् । दलाल पुँजीपतिहरुको राइँदाइँमाथि प्रतिपक्षले सडक र...

सूर्य थापाको प्रष्टीकरणः विदेशमा बस्ने सबै नेपालीलाई भेडा भनेको छैन

२०८१ असोज १० गते १९:३२

काठमाण्डु, १० असोज– एमाले नेता एवं सांसद् सूर्यबहादुर थापाले विदेशमा रहेका सबै नेपालीलाई आफूले भेडाको उपमा नदिएको प्रष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले उक्त प्रष्टीकरण दिएका हुन् । आफूले स्वदेश र विदेश दुवैतिर रहेका केही संख्याका भेडाहरुलाई मात्र उक्त संज्ञा दिएको बताए...

कोसी ब्यारेजबाट यात्रु बस सप्तकोसी नदीमा खस्यो

२०८१ असोज १० गते १८:५४

सुनसरी १० असोज- बिहीबार बेलुकी कोसी ब्यारेजबाट यात्रु बस सप्तकोसी नदीमा खसेको छ ।                                             विराटनगरबाट गाइघाट जांदै गरेको बस ६ बजेर ५...

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले प्रहरीसँग माग्यो अनुसन्धानको फाइल

२०८१ असोज १० गते १८:२९

काठमाण्डु, १० असोज–सर्वोच्च अदालतले अग्नि सापकोटाविरुद्धको मुद्दामा प्रहरीसँग माग्यो अनुसन्धानको फाइलको माग गरेको छ । सर्वाेच्चले १२ वर्षदेखि विचाराधीन मुद्दा नटुंग्याई काभ्रेका अर्जुन लामाको हत्या घटना भएको अनुसन्धान प्रतिवेदन पेश गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेलाई आदेश दिएको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान...

विद्यार्थीको सम्मेलनमा अध्यक्ष प्रचण्डः मैले यसलाई जिताउनुपर्छ भनेको छैन

२०८१ असोज १० गते १८:१६

काठमाण्डु, १० असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनको नेतृत्वमा आफ्नो कुनै रोजाइ नभएको बताएका छन । आज (बिहिबार)बाट सुरु भएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले सके सहमति, नभए निर्वाचनबाट...

भोलि र पर्सि रात्रीबस नचलाउन आग्रह

२०८१ असोज १० गते १८:०५

काठमाण्डु, १० असोज– राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । आज (बिहीबार)देखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us