विद्यार्थीको सम्मेलनमा अध्यक्ष प्रचण्डः मैले यसलाई जिताउनुपर्छ भनेको छैन

काठमाण्डु टुडे २०८१ असोज १० गते १८:१६ मा प्रकाशित

काठमाण्डु, १० असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी संगठनको नेतृत्वमा आफ्नो कुनै रोजाइ नभएको बताएका छन ।

आज (बिहिबार)बाट सुरु भएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले सके सहमति, नभए निर्वाचनबाट नेतृत्व चुन्न आग्रह समेत गरेका छन । उनले नेतृत्व, खासगरी अध्यक्षका दाबेदारहरुलाई भेटेर उनीहरुको बुझाइ र भोलिको योजना सुनेको भन्दै उनले भने, ‘मैले अहिलेसम्म यसलाई जिताउनुपर्छ भनेर कसैलाई भनेको छैन ।’

पार्टी कार्यालयमा भएको छलफलमा पनि विद्यार्थीमा कसैले गटबन्दी नगर्ने सहमति भएको पनि बताएका छन । उनले विद्यार्थी संगठनका नेताहरुले नै पार्टीले सहजीकरण गरिदिनुपर्यो भनेर आग्रह गरे भूमिका खेलन सकिने भन्दै उनले भने, ‘तर यसलाई बनाउनुस् भनेर हामी कसैले गुटबन्दी गर्ने छैन भनेर कार्यालयमा प्रतिवद्धता व्यक्त गरेका छौं ।’

पार्टी कार्यालयमा भएका नेताहरुले फलानो भए ठीक छ, नभए हुँदैन भनेर नभन्ने उनले बताए । सम्मेलनमा प्रचण्डले भने, ‘विद्यार्थी साथीहरुलाई आफ्नो विवेक प्रयोग गर्नुस् ।

सक्नुहुन्छ, सहमति जुटाउनुस्, सक्नुहन्न निर्वाचनमा जानुस् ।’राष्ट्रिय सम्मेलनले जसलाई नेता छनोट गर्छ, उसलाई पार्टीको समर्थन रहने उनले बताए ।

गुटबन्दीका कारण धेरै दुःख पाएको भन्दै माओवादी अध्यक्ष प्रचण्डले भने, ‘यो विद्यार्थीहरुका लागि गुटबन्दीबाट पर जाने अवसर पनि हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us