काठमाण्डु, १० असोज– राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि र पर्सि रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ ।
आज (बिहीबार)देखि आइतबारसम्म चार दिन भारी वर्षाको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्यसैले वर्षाको उच्च जोखिम रहेका हिमाली र पहाडी जिल्लाहरुमा भोलि र पर्सि ९११ र १२ गते० रात्रिकालीन बस नचलाउन आग्रह गरीएको छ ।
साथै धान नकाट्न र काटिसकेको भए तत्काल थन्काउन, तराई मधेश क्षेत्रसमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न समेत प्राधिकरणले अनुरोध समेत गरेको छ ।