कोसी ब्यारेजबाट यात्रु बस सप्तकोसी नदीमा खस्यो

काठमाण्डु टुडे २०८१ असोज १० गते १८:५४ मा प्रकाशित

सुनसरी १० असोज- बिहीबार बेलुकी कोसी ब्यारेजबाट यात्रु बस सप्तकोसी नदीमा खसेको छ ।                                             विराटनगरबाट गाइघाट जांदै गरेको बस ६ बजेर ५ मिनेटमा पुलबाट नदीमा खसेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए । विराटनगरबाट उदयपुर सप्तकोशी ब्यारेजको ३४ र ३६ नम्बर ढोकाको बीचबाट खसेको हो । उनका अनुसार सबै यात्रुको सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us