काठमाण्डु, १० असोज– १ सय ५९ जना अधिवक्ता एकैपटक वरिष्ठ अधिवक्ता बनेका छन् ।
सर्वोच्च अदालतले उनीहरुलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको पूर्ण बैठकले बिहीबार सो निाणर््य गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए ।
वरिष्ठ अधिवक्ताको उपाधि पाउनेमा पूर्वमहान्यायाधिवक्ता डा. दीनमणि पोखरेल, नेपाल बारका पूर्वमहासचिव खम्मबहादुर खाती, डा. भीमार्जुन आचार्य, बाबुराम दाहाल, ज्योति बानियाँ, पूर्णिमा रिमाल गुरागाईं, शान्तिराम खतिवडा, ललितबहदुर बस्नेत, विष्णुमाया भुसाल, राजुप्रसाद चापागाईं, पद्मबहादुर श्रेष्ठ, रामप्रसाद भण्डारी, राजु खड्का, सरिता शर्मा, राजु खड्का, बद्री पाठक, पूर्णचन्द्र पौड्याल, टीकाराम रिजाल, केदार अधिकारीलगायत छन् ।
थप नाम पढ्न यहाँ क्लिक गर्नुहोस् baristha-adhibakta-1