चीनको ग्वाङझाउबाट काठमाण्डु आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’

काठमाण्डु टुडे २०८१ असोज ११ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, ११ असोज– चीनको ग्वाङझाउबाट काठमाण्डु आउँदै गरेको विमान भारतीय आकाशमै ‘होल्ड’ गरीएको छ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि अनुकूल नहुँदा चाइना साउदर्न एयरलाइन्सको विमान सर्लाहीको नजिकै पर्ने भारतीय क्षेत्रमा ‘होल्ड’ गरीएको विमानस्थल स्रोतले जानकारी दिएको छ ।

अर्कोतिर बैंककबाट काठमाण्डु आउँदै गरेको थाइ एयरवेजको विमान पनि बारा जिल्लातिर ‘होल्ड’ भएको छ । उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको तयारी भए पनि ‘मिस एप्रोच’ भएर फर्किएको हो ।

यस्तै, भारतको नयाँ दिल्लीबाट काठमाण्डु आउँदै गरेको इन्डिगो एयरलाइन्सको विमान पनि बाराकै आकाशमा लामो समयदेखि ‘होल्ड’ भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us