न्याय परिषद्को बैठक चलिरहँदा बारले दियो बाहिर धर्ना

काठमाण्डु टुडे २०८१ असोज ११ गते १२:४२ मा प्रकाशित

काठमाण्डु, ११ असोज– न्याय परिषद्ले न्यायाधीश नियुक्तिका लागि बैठक बोलाएर बैठक सुरु गरेपछि नेपाल बार एसोसिएसनले परिषद् परिसरमा पुगेर धर्ना सुरु गरेको छ।

बिहान १० बजेदेखि सुरु भएको परिषद्को बैठकमा न्यायाधीशको नाममा छलफल थालेपछि बारले विरोध स्वरूप परिषद् घेराउ गरेको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले गैर संवैधानिक रूपमा बलजफती न्यायाधीश नियुक्तिको कोसिस भएपछि आफूहरू धर्नामा उभिएको जानकारी दिएका छन ।

अवकाशमा जान लागेका प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले परिषद्को बैठक बोलाएर नाममै छलफल थालेपछि बारले नाराबाजीसहित धर्ना सुरु गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us