काठमाण्डु, ११ असोज– नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीले अध्यक्ष पञ्चासिंह नेतृत्वको केन्द्रीय समिति भंग गरी अध्यक्ष मण्डल गठन गरीएको छ ।
शुक्रबारदेखि त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको बन्द सत्रले निवर्तमान समिति भंग गरी सात सदस्यीय अध्यक्षमण्डल गठन गरेको निवर्तमान उपाध्यक्ष पवन कार्कीले जानकारी दिएका छन ।
यसैगरी ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको पनि उनले जानकारी दिएका छन । पूर्वमहान्यायधीवक्ता तथा पार्टी केन्द्रीय सदस्य मुक्ति नारायण प्रधानको नेतृत्वमा १७ सदस्यीय निर्वाचन आयोग गठन गरेको कार्कीले जानकारी दिएका छन ।