काठमाण्डु, १२ असोज-कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानका कारण देशभरको जनजीवन प्रभावित भएको भन्दै एकताबद्ध भएर उद्धारमा जुट्न आग्रह गरेका छन् । मानवीय क्षति र प्राकृतिक विपद्को विषम परिस्थितिमा नागरिकको सेवामा सरकार तल्लीन रहेको दाबी उनले गरे । यात्राका...
काठमाण्डु, १२ असोज-काठमाण्डुको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ । नागार्जुन नगरपालिका-३ मा ५५ वर्षीय पुरुषको घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । घर भत्किँदा अरु ३ जना पुरिएका छन् । उद्धारका लागि सशस्त्र प्रहरीको टोली र स्थानीय सक्रिय छन् ।...
भक्तपुर, १२ असोज-अविरल वर्षासंगै आएको बाढी र पहिरोमा परी भक्तपुरमा पाँच जना बेपत्ता भएका छन् । भक्तपुर प्रहरी परिसरका प्रवक्ता मोहनमणि अधिकारीले ठिमीमा पहिरोले चार जना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएको जानकारी दिए । उनीहरुको पहिचान खुलेको छैन खोजीकार्य जारी रहेको...
सुनसरी, १२ असोज-नेपालमा भारी वर्षासॅगै नदीहरुमा पानीको बहाव उच्च भएपछि भारतमा सतर्कता अपनाइएको छ । बिहार सरकारको जलसंसाधन विभागले सप्त कोशीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै ८ जिल्लामा उच्च सर्तकता अपनाउन भनेको हो । विभागले पत्राचारमार्फत शनिबार १२ बजे कोसी व्यारेज भएर छ...
सुनसरी, १२ असोज- भारी वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ मध्ये ५० ढोका खोलिएको छ । शनिबार बिहान कोसी ब्यारेजमा ४ लाख १९ हजार क्युसेक पानी मापन गरिएको छ । निरन्तरको वर्षाका कारण सप्तकोशी ब्यारेजमा भएर पानीको बहाव...
काठमाण्डु, १२ असोज- गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । बाढी पहिरो तथा प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायताका विषयमा छलफल गर्न सुरक्षा समितको बैठक बोलाइएको मन्त्री लेखकको सचिवालयले जनाएको छ । मन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा वर्षासंगै बाढी,...
काठमाण्डु, १२ असोज- अविरल वर्षाको कारण देखाउंदै माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राजधानीमा जारी २३औं राष्ट्रिय सम्मेलनअन्तर्गत शनिबार तेस्रो दिनको बन्दसत्र स्थगित गरिएको छ । बन्दसत्रको आजका लागि तय गरिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको अध्यक्ष मण्डलले जनाएको छ । उपाध्यक्ष जिपी मैनालीले कीर्तिपुरस्थित...
विराटनगर,, १२ असोज- पहिरोले घर पुरिंदा धनकुटा र पाँचथरमा पाँच जनाको मृत्यु भएको छ । ...
काठमाण्डु, १२ असोज- नख्खु खोलाले बगाएर चार जना बेपत्ता भएका छन् । एक बालक, एक महिला र दुईजना पुरुषलाई शनिबार बिहान ९ बजेतिर नख्खु खोलाले बगाएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता भएकाको खोजी जारी राखेका...
काठमाण्डू, १२ असोज-प्रधानमन्त्री केपी ओलीले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर अपराधका घटनामा आममाफी नदिइने बताएका छन् । हावर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संसदबाट पारित संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियाले कानुनी उपचारलगायत पीडितको अधिकार र हितको रक्षा गर्ने बताए । ओलीले कांग्रेस र एमालेको सहमतिमा आफ्नो...
काठमाण्डू, १२ असोज-काठमाण्डूको नागढुंगानजिकै झ्याप्लेखोलाका चारवटा गाडी पहिरोले पुरिएका छन् । सडकमा रोकिराखेका ती गाडी पहिरोले पुरिएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त थानकोटका अनुसार पुरिन्मा दुई बस र दुई माइक्रोबस थन् । गाडी पुरिंदा घाइते भएका तीन जनालाई उद्धार गरी अस्पताल पठाइएको थानकोट...
काठमाण्डू, १२ असोज- भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले ग्यास बुलेट बगाएको छ । खोलाले बगाएर उक्त बुलेट एमाले मुख्यालय च्यासल नजिकै आइपुगेको छ । ग्यासबुलेट लिक भएको छ । ...