नेपालका नदीमा पानीको बहाव उच्च भएपछि भारतमा उच्च सतर्कता

काठमाण्डु टुडे २०८१ असोज १२ गते १०:५५ मा प्रकाशित

सुनसरी, १२ असोज-नेपालमा भारी वर्षासॅगै नदीहरुमा पानीको बहाव उच्च भएपछि भारतमा सतर्कता अपनाइएको छ ।

बिहार सरकारको जलसंसाधन विभागले सप्त कोशीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै ८ जिल्लामा उच्च सर्तकता अपनाउन भनेको हो ।

विभागले पत्राचारमार्फत शनिबार १२ बजे कोसी व्यारेज भएर छ लाख ८१ हजार क्युसेक पानीको बहाव हुनसक्ने अनुमान गरेको छ । सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा, भागलपुर, खगडिया र कटिहार जिल्ला मा उच्च सर्तकता अपनाउन पत्राचार गरिएको हो ।               भारी वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ मध्ये ५० ढोका खोलिएको छ । शनिबार बिहान कोसी ब्यारेजमा ४ लाख १९ हजार क्युसेक पानी मापन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us