शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, ५ जना नियन्त्रणमा

काठमाण्डु टुडे २०८३ साउन ७ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, ७ साउन– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल सहभागी हुन लागेको त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस कार्यक्रम स्थल बाहिर युवाहरूले प्रदर्शन गरेका छन ।

कार्यक्रम सुरु हुनुअघि विश्वविद्यालय परिसर बाहिर भेला भएका प्रदर्शनकारीहरूले ‘नेपो बेबी मुर्दावाद’ भन्दै नाराबाजी गरेका हुन ।

प्रदर्शनका क्रममा नाराबाजी चर्किएपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए । अनुसार प्रदर्शन उग्र हुन नदिन ५ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाण्डूले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us