वर्षातका कारण रोकियो अखिल क्रान्तिकारीको बन्दसत्र

काठमाण्डु टुडे २०८१ असोज १२ गते १०:२१ मा प्रकाशित

काठमाण्डु, १२ असोज- अविरल वर्षाको कारण देखाउंदै माओवादी सम्वद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राजधानीमा जारी २३औं राष्ट्रिय सम्मेलनअन्तर्गत शनिबार तेस्रो दिनको बन्दसत्र स्थगित गरिएको छ ।

बन्दसत्रको आजका लागि तय गरिएको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको अध्यक्ष मण्डलले जनाएको छ । उपाध्यक्ष जिपी मैनालीले कीर्तिपुरस्थित सम्मेलनस्थल वर्षातका कारण जलमग्न भएकाले बन्दसत्र स्थगन गरिएको बताए । आजका लागि तय गरिएको कार्यसूचीमा आइतबार छलफल हुने जानकारी उनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us