नख्खु खोलाले ४ जनालाई बगायो

काठमाण्डु टुडे २०८१ असोज १२ गते ९:५४ मा प्रकाशित

काठमाण्डु, १२ असोज- नख्खु खोलाले बगाएर चार जना बेपत्ता भएका छन् ।

एक बालक, एक महिला र  दुईजना पुरुषलाई शनिबार बिहान ९ बजेतिर नख्खु खोलाले बगाएको प्रहरीले जनाएको छ । उनीहरुको परिचय खुलेको छैन । प्रहरी र सशस्त्र प्रहरीले बेपत्ता भएकाको खोजी जारी राखेका छन् । वर्षात नरोकिएको र बाढी थप उर्लिएकाले खोजीकार्य प्रभावित भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us