नागार्जुनमा पहिरोले घर भत्किंदा एकको मृत्यु, तीनजना पुरिए

काठमाण्डु टुडे २०८१ असोज १२ गते ११:११ मा प्रकाशित

काठमाण्डु, १२ असोज-काठमाण्डुको नागार्जुन नगरपालिकामा घर भत्किँदा एकजनाको मृत्यु भएको छ ।

नागार्जुन नगरपालिका-३ मा ५५ वर्षीय पुरुषको घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर भत्किँदा अरु ३ जना पुरिएका छन् । उद्धारका लागि सशस्त्र प्रहरीको टोली र स्थानीय सक्रिय छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us