काठमाण्डु, १२ असोज- ललितपुरको किस्ट अस्पतालमा बाढी पसेको छ । बाहिरी पर्खाल भत्काएर कर्मनाशा खोलाको बाढी अस्पतालमा पसेको हो ।
अस्पताल भवनको तल्लो तलामा पानी पसेपछि त्यँहा रहेका बिरामीलाई सुरक्षित स्थानमा सारिएको छ ।
लगातारको वर्षासँगै उपत्यकाका सबै खोलामा बाढी आएको छ । नदी किनारका घरहरूमा बाढी छ ।