काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता

काठमाण्डु टुडे २०८१ असोज १२ गते ८:३१ मा प्रकाशित

काठमाण्डू, १२ असोज- काभ्रेको पनौती नगरपालिका-११ थुम्कीमा शनिबार बिहान पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता भएका छन् । स्थानीय अर्जुन भण्डारीको परिवारका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बिहान करिब साढे ३ बजेतिर गएको पहिरोले भण्डारीसहित  तीन जनाको घर बगाए पनि दुई घरका परिवार भने भागेर ज्यान बचाउन सफल भएको थियो । पानी पर्न नरोकिएका कारण  उद्धार गर्न नसकिएको प्रहरीको भनाइ छ । उद्धारका लागि नेपाली सेनाको विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us