तनहुँको घाँसीकुवामा फेरि पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाण्डु टुडे २०८१ असोज १२ गते ५:१९ मा प्रकाशित

तनहुँ, १२ असोज- निरन्तर वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । शनिबार बिहान १ः४५ बजे गएको पहिरोका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए ।

उनका अनुसार शुक्रबार राति ११:४५ बजेदेखि लेदो खसेर पहिराको जोखिम बढेको थियो ।

उक्त स्थानमा गत भदौ ५ गते ठूलो पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।

तनहुँ प्रहरीले वर्षाका कारण बाढी, पहिरो जस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us