चितवन,१२ असोज- भारी वर्षासँगै पहिरो गएर नारायणगढ-मुग्लिन सडक भासिएको छ ।
उक्त खण्डको ९ किलोमा २ फिट जति सडक भासिएको छ । सडक जमिनबाट २ फिट तल भासिएको छ । सडक थप भासिने क्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीले तत्काल ठूला सवारी साधन सञ्चालन गर्न नमिल्ने जनाएको छ । सडक भासिएकै स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको प्र-३-०१-०२४च ३०५६ नम्बरको बलेरो जिप पल्टिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको करिब आधा दर्जन स्थानमा उक्त सडक खण्डमा पहिरो गएको जनाएको छ । पहिरोले अवरुद्ध सडक स्काभेटर लगाएर पन्छाउने काम भइरहेको छ ।