नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छः ओली

काठमाण्डु टुडे २०८१ असोज ११ गते २३:०२ मा प्रकाशित

काठमाण्डु, ११ असोज- संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी ओलीले बाढी र पहिरोको जोखिम बढेको भन्दै आपतकालीन उद्धारका लागि तयार रहन सबै सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।                           शुक्रबार राति सामाजिक सन्जाल फेसबुकमार्फत उनले जोखिमयुक्त ठाउँमा रहेका सबैलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् । ओलीले अत्यावश्यकबाहेक लामो दूरीको यात्रामा ननिस्कन पनि सर्वसाधारणलाई आग्रह गरे । आफू हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको र

नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडियामार्फत सुनिरहेको ओलीले उल्लेख गरेका छन् । नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको उनको भनाइ छ । ४ असोजमा अमेरिका गएका ओली १४ असोजमा फर्कने कार्यतालिका छ ।         

Screenshot

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us