समाचार

लम्बियो अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन

२०८१ असोज १५ गते ११:११

काठमाण्डु, १५ असोज– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन लम्बिएको छ । १० असोज देखि सुरु भएको सम्मेलन हिजो १४ असोज सक्ने गरी कार्यतालिका रहेको थियो । निर्धारित समय अनुसार नयाँ कार्यसमितिको चयन हुन सकेको छैन । आइतबार...

ललितपुरमा बाढीपहिरो: मृतकको संख्या ४० पुग्यो

२०८१ असोज १५ गते ११:०१

काठमाण्डु, १५ असोज– गएको असोज १२ गतेको बाढी–पहिरोको कारण ललितपुर जिल्लामा मृत्यु हुनेको संख्या ४० पुगेको छ । आज बिहान थप ६ जनाको शव फेला परेपछि मृतकको संख्या ४० पुगेको ललितपुर प्रहरीले जनाएको छ । मृतकमध्ये एकैपरिवारका चार सदस्यसमेत रहेको प्रहरीले जानकारी दिएको छ...

अमेरिका र नेपालको परराष्ट्र मन्त्रालयबीच अब सिधै छलफल हुने

२०८१ असोज १५ गते ९:५८

काठमाण्डु, १५ असोज– नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्टमा) मा आयोजिक कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र अमेरिकाको तर्फबाट अमेरिकी राजनीतिक मामिलाका कार्यबाहक उपविदेशमन्त्री जोन बासले सोमबार हस्ताक्षर...

प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति लिङदेनको आपत्ति

२०८१ असोज १५ गते ९:५२

काठमाण्डु, १५ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । अमेरिकाबाट फर्किएपछि सोमबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले बाढीपहिरो र ढुवानका कारण जनधनको क्षति भएको विषयमा हल्का टिप्पणी गरेका थिए । लिङदनेले विपद पुरै रोक्न सम्भव नभए...

दाउन्नेमा सडक भासिएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग एकतर्फी सञ्चालन

२०८१ असोज १५ गते ९:४१

परासी, १५ असोज–पूर्वपश्चिम लोकमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएका कारण अवरुद्ध यातायात एकतर्फी खुलेको छ । पश्चिम नवलपरासीका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले मंगलबार बिहानदेखि सडक एकतर्फी सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार दुईवटा डोजरले रातभर अवरोध पन्छाएपछि बिहानदेखि सडक सुचारु भएको हो । बर्दघाट–४...

मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्नेछु: मन्त्री यादव

२०८१ असोज १५ गते ९:२९

काठमाण्डु, १५ असोज– खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीका बाढी, पहिरोपीडितको माग सम्बोधन गर्न अधिकतम प्रयास गरिरहेको बताएका छन् । सोमबार मन्त्रालयमा मेलम्ची बाढीपहिरो प्रभावित क्षेत्रका जनप्रतिनिधि, संघर्ष समितिका प्रतिनिधि, संघीय सरकारका विषयगत मन्त्रालयका प्रतिनिधिसँगको छलफलमा मन्त्री यादवले मेलम्चीका बाढी, पहिरोपीडितका मागहरुको सम्बोधन गर्न अधिकतम प्रयास...

त्रिपुरेश्वरस्थित विश्वनितेकन माविमा बाढीले करोड बढीको क्षति

२०८१ असोज १५ गते ९:१३

काठमाण्डु, १५ असोज–त्रिपुरेश्वरस्थित विश्वनिकेतन मध्यामिक विद्यालयमा बाढीले ठूलो क्षति पु-याएको छ । गत बिहीबारदेखि शनिबार साँझसम्मको भारी वर्षासँगै आएको बागमती नदीको बाढी विद्यलयमा पसेको हो । बाढीका कारण भुइँतलामा रहेका फर्निचर र कम्प्युटर ल्याबका साथै महत्वपूर्ण कागजपत्र तथा शैक्षिक सामग्रीहरु नष्ट भएको विद्यालयका शिक्षक...

दसैंअघि बिपी राजमार्गमा गाडी गुड्न सम्भव छैनः सरकार

२०८१ असोज १५ गते ८:२७

काठमाण्डु, १५ असोज– बाढीपहिरोका कारण क्षतग्रस्त पृथ्वी बिपी राजमार्ग दसैंअघि खुल्ने सम्भावना नरहेको सरकारले जनाएको छ । पूर्वक्षेत्र र मधेसलाई काठमाण्डुसँग जोड्ने सबैभन्दा छोटो नाका तत्काल नखुल्ने भएपछि दसैंका लागि घर जाने तयारीमा रहेका सर्वसाधारण मारमा पर्ने देखिएको छ । जसका कारण उपत्यकाको सप्लाई...

बाढीपहिरोमा मृत्यु हुनेको संख्या २ सय १७ पुग्यो

२०८१ असोज १५ गते ८:०४

काठमाण्डु, १५ असोज– बिहीबारदेखि शनिबार साँझसम्म भएको भारी वर्षापछिको बाढीपहिरो र डुबानमा परी हालसम्म २ सय १७ जनाको ज्यान गएको छ । २८ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता ऋषिराम तिवारीले मृतक संख्या अझै बढ्न सक्ने अनुमान गरे ।...

करेन्ट लागेर महिलाको मृत्यु

२०८१ असोज १५ गते ७:५९

गुल्मी, १५ असोज– गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ दर्लिङ्ग अडारेकी २७ वर्षीया माया रोकामगरको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । गुल्मी प्रहरीका डिएसपी शंकर पोखरेलले घरको दलानमा लिप्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको...

आजदेखि चार दिनसम्म फेरि वर्षात हुने प्रक्षेपण

२०८१ असोज १५ गते ७:५२

काठमाण्डु, १५ असोज– जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज अपराह्नबाट फेरि वर्षात हुने सम्भावना रहेको जनाएको छ । पूर्वी नेपालतर्फबाट पानी पर्ने प्रणाली भित्रन लागेकाले असोज १८ अर्थात दसैंको घटस्थापनाका दिनसम्म वर्षात हुने विभागको प्रक्षेपण छ । विभागका अनुसार देशैभर मध्यम...

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु

२०८१ असोज १५ गते ७:४४

काठमाण्डु, १५ असोज– कैलालीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । बा९५प ९२५२ र से६ प६२७९ नम्बरको मोटरसाइकल पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका–१ मा आसपमा ठोक्किएको प्रहरीले जनाएको छ । कैलाली प्रहरीका प्रवक्ता डिएसपी कवीन्द्र बोहराका अनुसार दुर्घटनामा कञ्चनपुर शुक्लाफाँटाका २६ वर्षीय...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us