प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति लिङदेनको आपत्ति

काठमाण्डु टुडे २०८१ असोज १५ गते ९:५२ मा प्रकाशित

काठमाण्डु, १५ असोज– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

अमेरिकाबाट फर्किएपछि सोमबार त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग ओलीले बाढीपहिरो र ढुवानका कारण जनधनको क्षति भएको विषयमा हल्का टिप्पणी गरेका थिए ।

लिङदनेले विपद पुरै रोक्न सम्भव नभए पनि क्षति कम गर्न सकिने बताए ।

विपदको समयमा सरकार चुकेको भन्दै उनले प्रधानमन्त्री र मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको उल्लेख गरे ।

‘मौसमविदको ‘रेड अलर्ड’ बाट विपतलाई पुरै रोक्न त सकिँदैन थियो नै तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो’, ओलीले भने, ‘सरकार चुकेकै हो, फेल भएकै हो । यो विपदको बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक छन् ।’

ओलीले सञ्चारकर्मीसँग बाढीपहिरो पूर्वसूचना दिएर नआउने र पहिरो गएपछि क्षति हुने टिप्पणी गरेका थिए ।

यस्तै उनले आफू भैंसी दुहुन अमेरिका नगएको बताएका थिए । ओलीको उक्त अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us