काठमाण्डु, १५ असोज– युवा–युवतीलाई रडले डामेर यातना दिएको आरोपमा पक्राउ परेका ‘सुगर ड्याडी’ भनिने आशिष देउलाविरुद्ध काठमाण्डु जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा उनीविरुद्ध काठमाण्डु जिल्ला अदालतमा अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दा दर्ता गरिएको जिल्ला...
काठमाण्डु, १५ असोज– ठुलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा आजदेखि कोशी प्रदेशबाट फेरि बदली सुरु भएको छ । अहिले कोशीमा बादलले ढाकिसकेको र त्यसको असर कोशीसहित मधेस प्रदेश, बागमती र गण्डकीसम्म देखिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको...
काठमाण्डु, १५ असोज– नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यलमा केहिबेर अधि मात्रै सुरु भएको एमालेका एक नेताले जानकारी दिएका छन । आजको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणको जानकारीका साथै...
काठमाण्डु, १५ असोज– गृहमन्त्री रमेश लेखकले असोज १२ गते नख्खु खोलामा बाढी आएको बेला छानामा चढेर बसेका व्यक्तिलाई उद्धार गर्न सरकार पुगेको जानकारी दिएका छन । आज (मंगलबार) राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो जानकारी दिएका हुन । बाढीले बगाएका...
काठमाण्डु, १५ असोज– हिजो सोमबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५९ उडान तथा अवतरण भएका छन । आन्तरिकतर्फ हेलिकप्टरसहित २२७ उडान र २२१ अवतरण भएको विमानस्थल कार्यालयले स्रोतले जानकारी दिएको छ । अन्तर्राष्ट्रियतर्फ ५६ अवतरण र ५५ उडान भएको विमानस्थल कार्यालयले स्रोतले जानकारी दिएको छ ।...
काठमाण्डु, १५ असोज– सत्ता रुढ दल एमालेले बाढी पहिरो प्रभावितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । आज (मंगलबार) बसेको सचिवालय बैठकले पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी...
काठमाण्डु, १५ असोज– सर्वेच्च अदालतको लागि प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा ६ वटा उजुरी दर्ता भएका छन् । उनीविरुद्ध अमेरिकादेखि बाजुराका एक स्थानीयसम्मले उजुरी दर्ता गराएका संसदीय सुनुवाइ समिति स्रोतले जानकारी दिएको छ । समितिले राउतविरूद्ध १० दिनको समय दिएर...
काठमाण्डु, १५ असोज– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका पार्टी नेताहरूले बाढी प्रभावित नक्खु र भक्तपुरको हनुमन्ते क्षेत्रको स्थलगत अवलोकन गर्ने तयारी गरेका छन । पार्टी पदाधिकारीसहित अध्यक्ष प्रचण्ड नेतृत्वको टोली सहितको टोली दिउँसो सवा २ बजे नक्खु पुग्नेछ भने...
काठमाण्डु, १५ असोज– यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन । राजमार्गमा पहिरो जाने क्रम नरोकिएको र सवारी साधनको सेड्युल बिग्रिएको भन्दै टिकटको अग्रिम बुकिङ बन्द गर्ने तयारी गरिएको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन...
काठमाण्डु, १५ असोज– धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय सत्यनारायण यादव रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ । मोटरसाइकल पछाडि बस्ने वर्ष ५७ का गणपत...
काठमाण्डु, १५ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार पत्रकार सम्मेलन गर्दै छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ४ बजे पत्रकार सम्मेलन हुने सचिवालयले स्रोतले जानकारी दिएको छ । अमेरिकामा भएको यूएन महासभामा भाग लिएर प्रधानमन्त्री ओली सोमबारमात्रै...
काठमाण्डु, १५ असोज– गुल्मीमा घर लिप्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका–२ दर्लिङ्ग अडारे निवासी २७ वर्षीया माया रोका मगर रहेकी प्रहरीले जानकारी दिएको छ । मगर आफ्नै घरको बाहिर दलानमा लिप्ने क्रममा अचानक करेन्ट लागेर घाइते...