मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

काठमाण्डु टुडे २०८१ असोज १५ गते १२:०० मा प्रकाशित

काठमाण्डु, १५ असोज– धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय सत्यनारायण यादव रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिएको छ ।

मोटरसाइकल पछाडि बस्ने वर्ष ५७ का गणपत यादव घाइते भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ । सोमबार राति सवा ८ बजे जनकपुरबाट तिव्रगतिमा ढल्केवरतर्फ जाँदै गरेको प्रदेश २–०२–००३ प ८३११ नम्बरको मोटरसाइकल मिथिला नगरपालिका २ नक्टाझिज स्थित अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

चालक सत्यनारायणको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिएका छन । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us