समाचार

अमेरिकामा मोदीसंग राम्रो कुरा भयोःओली

२०८१ असोज १४ गते २२:३१

काठमाण्डु, १४ असोज-प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अमेरिकाको न्यूयोर्कमा भएको भेट फलदायी भएको बताएका छन् । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले मोदीसंग राम्रो वातावरणमा कुराकानी भएको जानकारी दिए । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भागका दौरान न्यूयोर्कमा ओली-मोदी साइडलाइन वार्ता भएको थियो...

तीन दिनपछि भेटियो खोलाले बगाएका बालकको शव

२०८१ असोज १४ गते २१:५०

सर्लाही, १४ असोज– सर्लाहीमा सोती खोलाले बगाएर बेपत्ता बालकको शव तीन दिनपछि फेला परेको छ । गत असोज १२ गतेको अविरल वर्षापछि सोती खोलामा आएको भेलमा बगी बागमती नगरपालिका–९, सोगारत महतोका १४ वर्षीय छोरा मुकेश बेपत्ता भएका थिए । बेपत्ता बालकको निरन्तर खोजी गर्ने...

पृथ्वी राजमार्गको अवरोध हट्यो, एकतर्फी यातायात सञ्चालन

२०८१ असोज १४ गते २१:४८

काठमाण्डु, १४ असोज– धादिङको मलुखु बजार नजिकै सुख्खा पहिरो खसेर अवरुद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सोमबार राति गजुरी गाउँपालिका–२ परेवा भीरमा सुख्खा पहिरो खस्दा चार दिनपछि खुलेको राजमार्ग पुनः अवरुद्ध भएको थियो । पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको धादिङ...

प्रधानमन्त्री ओली र मन्त्रीहरुले एक महिनाको तलब राहत कोषमा दिने

२०८१ असोज १४ गते २१:४३

काठमाण्डु, १४ असोज– निरन्तरको वर्षासँगै बाढीपहिरोमा परी ज्यान गुमाएकाहरुका लागि प्रधानमन्त्री केपी ओली र मन्त्रीहरुले एक महिनाको तलब दिने भएका छन् । सोमबार साँझ अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मन्त्रिपरिषद्का सदस्यहरूको एक...

बाढीपहिरोमा ज्यान गुमाएकाका परिवारलाई २ लाख राहत दिने मन्त्रिपरिषदको निर्णय

२०८१ असोज १४ गते २१:३८

काठमाण्डु, १४ असोज– सरकारले निरन्तरको वर्षासँगै बाढीपहिरोमा परी ज्यान गुमाएकाका परिवारलाई जनही दुई लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ । सोमबार साँझ अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी...

सरकारद्वारा राष्ट्रिय शोकको घोषणा, तीन दिन राष्ट्रिय झण्डा झुकाइने

२०८१ असोज १४ गते २१:२७

काठमाण्डु, १४ असोज–सरकारले निरन्तरको वर्षासँगै बाढीपहिरोमा परी ठूलो संख्यामा सर्वसाधारण नागरिकको ज्याजन गएपछि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार साँझ अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि तीन दिन राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको हो । बैठकले तीन दिन राष्ट्रिय झन्डा...

मलेखुको पहिरो तत्काल पन्छाउन सकिँदैन, गाडी साइड लगाएर बस्नुः प्रहरी

२०८१ असोज १४ गते २१:१३

धादिङ, १४ असोज– प्रहरीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ परेवा भीरमा खसेको सुख्खा पहिरो राति नै हटाउन सकिने अवस्था नरहेको जनाएको छ । परेवा भीरमा सोमबार राति ८ बजेको समयमा पहिरो खस्दा राजमार्ग दुई तर्फी अवरुद्ध छ । वर्षातसँगै विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध...

मलेखु नजिकै पहिरो, पृथ्वी राजमार्ग फेरि अवरुद्ध

२०८१ असोज १४ गते २१:०२

धादिङ, १४ असोज– पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका-२ परेवा भीरमा सुख्खा पहिरो गएको छ । । सोमबार राति गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । पहिरो गएको स्थान मलेखु बजार नजिकै पर्छ । शुक्रबार र शनिबार वर्षातका कारण ठाउँठाउँमा पहिरो झरेका कारण राजमार्ग अवरुद्ध...

बाढीपहिरोले मानिस मरिरहेका बेला बेलायत उडेका थिए प्राधिकरण प्रमुख पोखरेल

२०८१ असोज १४ गते २०:५५

काठमाण्डु, १४ असोज– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भारी वर्षासँगै बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेकै बेला बेलायत उडेको खुलासा भएको छ । पोखरेल बाढीपहिरो र डुबानले सर्वसाधारण मरिरहेका बेला शनिबार बेलायत उडेका हुन् । शुक्रबार र शनिबार देशभर...

देशैभर रुट परमिट खुला

२०८१ असोज १४ गते २०:३५

काठमाण्डु, १४ असोज– सरकारले बडादसैंलाई लक्षित गरी देशभर रुट परमिट खुला गरेको छ । सोमबारदेखि नै लागूहुने गरी रुट परमिट खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभाग प्रवक्ता ईश्वरीदत्त पनेरुले कोजाग्रह पूर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको जानकारी दिए । यसअघि घटस्थापनाका...

सहकारीको २ अर्ब ठगेर भागेका एमाले नेताको बयानः सम्पत्ति बेचेर सर्वसाधारणको पैसा फिर्ता गर्छु

२०८१ असोज १४ गते २०:२७

बागलुङ, १४ असोज– सहकारी बचतकर्ताको रकम ठगी गरी भागिरहेकै अवस्थामा पक्राउ परेका एमाले नेता एवं ढोरपाटन नगरपालिकाका मेयर देवकुमारले जायजेथा बेचेर हिनामिना गरेको बचत फिर्ता गर्ने बताएका छन् । जिल्ला अदालत बागलुङले उनीसँग सोमबार बयान लिएको थियो । न्यायाधीश रमेशकान्त अधिकारीको एकल इजलासमा नेपालीले...

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

२०८१ असोज १४ गते १९:३८

काठमाण्डु, १४ असोज-प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । राष्ट्रसंघीय महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किएलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । स्रोतका अनुसार अविरल वर्षासंगै आएको बाढीपहिरो र डुबानबाट प्रभावितको उद्धार र राहत सम्बन्धमा आवश्यक निर्णय लिने बताइएको छ । बैठक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us