तीन दिनपछि भेटियो खोलाले बगाएका बालकको शव

काठमाण्डु टुडे २०८१ असोज १४ गते २१:५० मा प्रकाशित

सर्लाही, १४ असोज– सर्लाहीमा सोती खोलाले बगाएर बेपत्ता बालकको शव तीन दिनपछि फेला परेको छ ।

गत असोज १२ गतेको अविरल वर्षापछि सोती खोलामा आएको भेलमा बगी बागमती नगरपालिका–९, सोगारत महतोका १४ वर्षीय छोरा मुकेश बेपत्ता भएका थिए ।

बेपत्ता बालकको निरन्तर खोजी गर्ने क्रममा सोमबार शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।

बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us