सरकारद्वारा राष्ट्रिय शोकको घोषणा, तीन दिन राष्ट्रिय झण्डा झुकाइने

काठमाण्डु टुडे २०८१ असोज १४ गते २१:२७ मा प्रकाशित

काठमाण्डु, १४ असोज–सरकारले निरन्तरको वर्षासँगै बाढीपहिरोमा परी ठूलो संख्यामा सर्वसाधारण नागरिकको ज्याजन गएपछि राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार साँझ अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबारदेखि तीन दिन राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको हो ।

बैठकले तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले सोमबारसम्म दुई सय ५ जनाको मृत्यु भएको तग्यांक सार्वजनिक गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us