काठमाण्डु, १४ असोज– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल भारी वर्षासँगै बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेकै बेला बेलायत उडेको खुलासा भएको छ ।
पोखरेल बाढीपहिरो र डुबानले सर्वसाधारण मरिरहेका बेला शनिबार बेलायत उडेका हुन् ।
शुक्रबार र शनिबार देशभर निरन्तरको वर्षासँगै बाढीपहिरो र डुबानका कारण २ सय बढ सर्वसाधारणको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । बाढीपहिरोको प्रकोपमा गरी हजारौं मानिस घरबारविहीन भएका छन् ।
प्रमुख राजमार्गहरुमा अझै पनि यातायात सुचारु भएको छैन । तर, विपदका समयमा मुख्य भूमिका खेल्नुपर्ने प्राधिकरणका कार्यकारी निर्देशक पोखरेल भने बेलायत घुम्न गएका हुन् ।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणको मुख्य काम विपद्मा खोज, उद्धार तथा राहत प्रदान गर्ने, सुरक्षा निकायको समन्वयात्मक परिचालन गर्ने तथा घरबारविहीन भएकालाई पुनर्स्थापित गराउने हो ।