धादिङ, १४ असोज– प्रहरीले पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ परेवा भीरमा खसेको सुख्खा पहिरो राति नै हटाउन सकिने अवस्था नरहेको जनाएको छ ।
परेवा भीरमा सोमबार राति ८ बजेको समयमा पहिरो खस्दा राजमार्ग दुई तर्फी अवरुद्ध छ । वर्षातसँगै विभिन्न स्थानमा पहिरो खस्दा अवरुद्ध राजमार्ग सोमबार साँझबाट मात्र खुलेको थियो ।
तर, फेरि पहिरो गएपछि राजमार्गका दुर्वतर्फ सवारी साधन रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङले ठूलो पहिरो गएको र पहिरो खस्ने क्रम नरोकिएकाले रातिको समयमा राजमार्ग खुलाउन सम्भव नरहेको जनाएको ।
प्रहरीले सवारी साधन सुरक्षित स्थानमा फार्किङ गर्न चालकहरुलाई अनुरोध गरेको छ । यस्तै सडक अवरुद्ध गएकाले सो बाटो भएर यात्रा नगर्न पनि प्रहरीले भनेको छ ।