समाचार

माओवादीको पश्चिम उपमहादेशीय समितिद्वारा १० लाख सहयोग

२०८१ असोज १४ गते १९:२४

काठमाण्डू, १४ असोज- माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ । नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो । समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले...

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्धा

२०८१ असोज १४ गते १९:०५

काठमाण्डु, १४ असोज–नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च प्रशासनले मुद्धा दर्ता गरेको छ । घिमिरेमाथि कारबाहीको माग गर्दै मंगलबार मुद्धा दर्ता भएको हो । अदालतको अवहेलनामा कारबाही हुनुपर्ने भन्दै उपरजिष्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन उठाएर मुद्धा दर्ता गरेका हुन् ।...

विमानस्थलमा ओलीमाथि वर्षिएको एउटा भारी प्रश्नः चिड्चिहाट देखाए, दिएनन् जवाफ

२०८१ असोज १४ गते १८:५५

काठमाण्डु, १४ असोज– प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी भएर सोमबार स्वदेश फर्किए । ओलीले अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकार सम्मेलनबारे आयोजना गरे । पत्रकार सम्मेलनको सुरुमा परराष्ट्रका सहसचिव अमृत राईले ओलीको भ्रमण, राष्ट्रसंघमा उनले गरेको सम्बोधन र भेटघाटहरुबारे लामो विज्ञप्ति बाचन...

राहत, उद्धार र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्रीको घोषणा

२०८१ असोज १४ गते १८:२९

काठमाण्डु, १४ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिको बेला विरोधका लागि विरोध गर्नुको साटो विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिनुपर्ने बताएका छन । संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी भई आज सोमबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार...

प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल

२०८१ असोज १४ गते १८:२४

काठमाण्डु, १४ असोज– संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर फर्किदाँ अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ । यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको...

बाढी पहिरोको विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण प्रतिवेदन बुझाउने

२०८१ असोज १४ गते १८:१६

काठमाण्डु, १४ असोज– कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाढी पहिरोको विपत्तिबाट जनताले भोगेका समस्याको बारेमा ध्यानाकर्षण तयारी गरेको छ । आज (सोमबार) पार्टी महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बाढी पीडित राहत तथा पुनर्स्थापना समितिको बैठकले उक्त निर्णय गरेको कांग्रेसका एक नेताले...

मान्छेले विरोधका लागि विरोध गरेः प्रधानमन्त्री ओली

२०८१ असोज १४ गते १८:०३

काठमाण्डु, १४ असोज–नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम गरेको बताएका छन । उनले केही मान्छेहरूले सरकारले प्रभावकारी उद्धार गर्न सकेन भनेर विरोधका लागि विरोध मात्रै गरेको दाबी गरेबका छन । अमेरिकाबाट स्वदेश आइपुगेपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले...

म संयुक्त राष्ट्रसंघको महासभामा भैँसी दुहुन गएर दूध लिएर आएको होइनः प्रधानमन्त्री ओली

२०८१ असोज १४ गते १७:३८

काठमाण्डु, १४ असोज– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्माओलीले आफू संयुक्त राष्ट्रसंघको भैँसी दुहुन गएर दूध लिएर आएको जस्तो नभएको बताएका छन । आज सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसंघमा नेपालको सहभागिताबाट नेपालले के फाइदा लियो भनेर सञ्चारकर्मीले सोधेको प्रश्नमा प्रधानमन्त्रीले यस्तो जवाफ...

दुई दिनमा ३० हजार यात्रुले लिए अग्रिम टिकट

२०८१ असोज १४ गते १७:३१

काठमाण्डु, १४ असोज– नेपालीहरुको महान् चाड दसैँ, तिहार तथा छठ नजिकिए सँगै चाड पर्व मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको नयाँबसपार्क...

प्रधानमन्त्रीको असंवेदनशील टिप्पणीःपहिरोले पूर्वसूचना दिंदैन

२०८१ असोज १४ गते १७:३१

काठमाण्डु, १४ असोज-प्रधानमन्त्री केपी ओलीले पूर्वसूचना दिएर पहिरो नजाने टिपप्णी गरेका छन् । संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा जाँदैन वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम...

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२०८१ असोज १४ गते १७:१५

काठमाण्डु, १४ असोज– प्रहरीले कञ्चनपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ संगम टोलबाट ४९ वर्षीय मोहन बहादुर सिंह समेत ६ जनालाई गए राति पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । सोही स्थानमा बस्ने धने गरूङको घरमा जुवातास...

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

२०८१ असोज १४ गते १७:०४

काठमाण्डु, १४ असोज– गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क पुगेका एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण पूरा गरी आज सोमबार स्वदेश फिर्ता भएका छन । उनी सोमबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us