समाचार

चणिकलाललाई बागमती प्रदेशले डेढ लाखसहित सम्मान गर्ने

२०८१ असोज १४ गते १३:४२

काठमाण्डु, १४ असोज– बागमती प्रदेश सरकारले ललितपुर नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई डेढलाख नगदसहित सम्मान गर्ने तयारी गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न...

बुधबारदेखि वर्षाको सम्भावना

२०८१ असोज १४ गते १३:२९

काठमाण्डु, १४ असोज– आगामी बुधबारदेखि कोशीदेखि गण्डकी प्रदेशसम्मका जिल्लामा वर्षा हुने पूर्वानुमान गरीएको छ । बुधबार कोशी प्रदेशका केही स्थानहरू तथा मधेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी...

भ्याकुरे खोलाले बगाउँदा पत्नीको मृत्यु, पतिको उद्धार

२०८१ असोज १४ गते १३:१८

काठमाण्डु, १४ असोज– रामेछापबाट काठमाण्डु हिँडेका दम्पतीलाई काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ स्थित भ्याकुरे खोलाले बगाएको छ । खोलाले बगाउँदा पत्नीको मृत्यु भएको छ भने पतिलाई प्रहरीले उद्धार गर्न सफल भएको छ । भ्याकुरे खोलाले बगाउँदा रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित डफ्खा घर भएकी ३५...

प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ वटा उजुरी

२०८१ असोज १४ गते १३:१३

काठमाण्डु, १४ असोज– सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिस भएका प्रकाशमानसिंह राउतविरुद्ध ६ थान उजुरी दर्ता भएको छ । प्रक्रियागत र व्यक्तिगत गरी ६ वटा उजुरी दर्ता भएको संसद् सचिवालयले जानकारी दिएको छ । दुवै सदनको संयुक्त समितिमा कुल ८ उजुरी दर्ता भएकोमा ६ वटा...

पूर्व डीआईजी जोशीलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा निवेदन

२०८१ असोज १४ गते १३:०७

काठमाण्डु, १४ असोज– गोर्खा मिडियामा सहकारीको पैसा अपचलन गरेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई गैरकानुनी थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएका छ । जोशीका तर्फबाट रोचक जोशीले थुनामुक्त माग गर्दै निवेदन दर्ता गरेका हुन् । आइतबार सर्वोच्चमा निवेदन दर्ता...

कांग्रेसले बोलायो संसदीय दलको बैठक

२०८१ असोज १४ गते १२:५७

काठमाण्डु, १४ असोज– कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । राज्यव्यवस्था तथा सुशासन समिति सभापति समेत रहेका सांसद रामहरि खतिवडाले दिएको जानकारी अनुसार बैठक मङ्गलवार दिउँसो २ बजेका लागि बोलाइएको हो । बैठक वानेश्वरस्थित संघीय संसद्को ल्होत्से हलमा बस्ने उनले जानकारी दिएका छन ।...

बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १९३ पुग्यो, ३१ जना अझै बेपत्ता

२०८१ असोज १४ गते १२:५१

काठमाण्डु, १४ असोज– गएको बिहिबारदेखि परेको अविरल बर्षाको कारण आएको बाढी र पहिरोमा परी गत असोज ११ देखि हालसम्म मृत्यु हुनेको सङ्ख्या १ सय ९३ पुगेको छ । अझै ३१ जना बेपत्ता रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । घाइतेको सङ्ख्या ९६ रहेको छ...

धादिङका प्रहरी प्रमुख पनि हेडक्वाटर तानिए

२०८१ असोज १४ गते १२:४२

काठमाण्डु, १४ असोज– प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाका एसपी गौतम केसीलाई हेडक्वाटर तानेको छ । केसीको सट्टा दीपेन्द्र शाहीलाई धादिङ प्रहरी प्रमुख बनाएर खटाएको छ । बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको स्रोतले जानकारी...

विद्यार्थी नेतालाई प्रचण्डको निर्देशनः काठमाण्डु छाडेर मेयर र संसदको उम्मेदवार बन्न आफ्नै ठाउं फर्कनु

२०८१ असोज १४ गते १०:३०

काठमाण्डु, १४ असोज-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्यार्थी नेताहरुलाई  आफ्नो पालिका र निर्वाचन क्षेत्रमा केन्द्रित हुन निर्देशन दिएका छन् । आगामी निर्वाचनमा पार्टी एक्लै लड्न लागेको भन्दै उनले पालिका र संसदको चुनावमा उम्मेदवार बन्ने गरी तयारी गर्न प्रचण्डले खुनलटार बोलाएर निर्देशन दिएको उपाध्यक्ष...

ओली आउने बित्तिकै बस्ने गरी बोलाइयो मन्त्रिपरिषद बैठक

२०८१ असोज १४ गते १०:०७

काठमाण्डु, १४ असोज-प्रधानमन्त्री केपी ओली स्वदेश फर्किएलगत्तै मन्त्रिपरिषद बैठक बस्ने भएको छ । बाढीपहिरो र डुबानले भएको क्षतिको मूल्यांकन तथा राहत र उद्धारबारे उत्पन्न निर्णय गर्न बैठक बोलाइएको हो । बाढी पहिरोलगायत प्राकृति विपत्तिबाट ज्यान गुमाएका परिवार,घाइते र विस्थापितहरुलाई राहत तथा पुनर्स्थापनाको लागि सरकारले...

नेपाललाई सहयोग गर्ने पाकिस्तानी प्रधानमन्त्रीको घोषणा

२०८१ असोज १४ गते ९:३६

काठमाण्डु, १४ असोज-पाकिस्तानी प्रधानमन्त्री शेहनबाज सरिफले नेपालमा नेपालमा वर्षातले गरेको विनाश र जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री सरिफले बाढीका कारण धेरै नेपालीले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी ओली र नेपाली जनताप्रति पाकिस्तान सरकार र जनताका तर्फबाट सहानुभूति प्रकट ...

बाढीपहिरो साम्य भएपछि स्वदेश फर्कंदै छन् ओली

२०८१ असोज १४ गते ९:२६

काठमाण्डु, १४ असोज-प्रधानमन्त्री केपी ओली संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी भएर आज स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री ओली सोमबार अपराह्न ४ बजे काठमाडौं आइपुग्नेछन् । महासभामा भाग लिन गत ४ असोजमा अमेरिकाको न्यूयोर्क गएका थिए । प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गरेका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us